Council For Technical Education and Vocational Training
Sahid Netralal Polytechnic Institute
Sharada Municipality–4, Salyan
diploma
डिप्लोमा कृषि (पशु विज्ञान) प्राविधिक
शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सञ्चालन हुने ३ वर्षे प्राविधिक
कार्यक्रम हो। यस कार्यक्रमले पशुपालन, पशु स्वास्थ्य, पोषण, प्रजनन, डेरी
तथा कुखुरापालन व्यवस्थापन सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान
गर्छ।
नेपाल कृषि प्रधान देश भएकाले पशुपालन क्षेत्रको
माग निरन्तर बढिरहेको छ। दूध,
मासु, अण्डा तथा पशुजन्य उत्पादनको
आवश्यकता बढ्दै जाँदा दक्ष पशु विज्ञान प्राविधिकको आवश्यकता पनि बढिरहेको छ।
अध्ययन गरिने मुख्य विषयहरूः
·
पशु स्वास्थ्य
तथा रोग व्यवस्थापन
·
पशु पोषण र
दाना व्यवस्थापन
·
गाई, भैंसी, बाख्रा
तथा भेडा पालन
·
कुखुरापालन र
डेरी व्यवस्थापन
·
पशु प्रजनन तथा
कृत्रिम गर्भाधानको आधारभूत ज्ञान
·
पशु उत्पादन
तथा प्रशोधन
·
पशु प्रयोगशाला
प्रविधि
·
फार्म
व्यवस्थापन तथा कृषि व्यवसाय
यस कोर्सका उद्देश्यः
·
दक्ष
मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नु।
·
पशुपालन
व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउने सीप प्रदान गर्नु।
·
स्वरोजगार तथा
उद्यमशीलता विकास गर्नु।
रोजगारी तथा अवसरहरूः
१. सरकारी क्षेत्रमा
·
कृषि विकास
कार्यालय
·
पशु सेवा
कार्यालय
·
स्थानीय तह
(पालिका)
·
विभिन्न सरकारी
परियोजनाहरू
·
लोकसेवा
आयोगबाट खुल्ने जुनियर टेक्निसियन (JT) सम्बन्धी पदहरू
२. निजी क्षेत्रमा
·
पशु अस्पताल
तथा क्लिनिक
·
डेरी उद्योग
·
फिड उद्योग
·
पोल्ट्री फार्म
·
पशु औषधि
कम्पनी
·
गैरसरकारी
संस्था (NGO/INGO)
३. स्वरोजगार
·
बाख्रापालन
·
गाई/भैंसी पालन
·
पोल्ट्री फार्म
सञ्चालन
·
डेरी व्यवसाय
·
माछापालन तथा
मिश्रित कृषि व्यवसाय
४. उच्च शिक्षा
डिप्लोमा पूरा गरेपछि:
·
B.Sc.
Agriculture
·
B.V.Sc.
& A.H.
·
Agriculture
तथा Animal Science सम्बन्धी अन्य
स्नातक कार्यक्रमहरूमा अध्ययन गर्न सकिन्छ।